राजनीति

नवनियुक्त मन्त्रीहरुले लिए शपथ

Banner

काठमाडौं,चैत १३ –

नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री बालेन शाह (बालेन्द्र) को सिफारिसमा १४ जना मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

कार्यक्रममा १०८ जना बटुकले स्वस्तिक वाचन गरेका छन् । त्यस्तै, १०७ बौद्ध लामा गुरुहरूले मंगल वाचन गरेका छन् साथै ७ जना ब्राह्मणले शंखनाद गरी शपथ ग्रहण समारोहलाई सनातन परम्पराअनुसार सम्पन्न गरिएको हो ।

यस्तो छ,बालेन नेतृत्वको सरकारका १४ जना मन्त्रीहरूको नाम

बालेन्द्र शाह:प्रधानमन्त्री तथा मन्त्रिपरिषद्

स्वर्णिम वाग्ले:अर्थ मन्त्रालय

शिशिर खनाल: परराष्ट्र मन्त्रालय

सोविता गौतम: कानूनमन्त्री

विराजभक्त श्रेष्ठ: ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री

सुधन गुरुङ: गृहमन्त्री

प्रतिभा रावल:भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण र संघीय मामिला तथा समान्य प्रशासनमन्त्री

विक्रम तिमल्सिना:सञ्चार तथा सूचना प्रविधिमन्त्री

गीता चौधरी: कृषि तथा पशुपक्षी विकास तथा वन तथा वातावरणमन्त्री

दिपक कुमार साह: श्रम, रोजगारमन्त्री

सस्मित पोखरेल:शिक्षा, युवा तथा खेलकुद

खडक पौडेल: संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री

सुनिल लम्साल: भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री

सीता वादी: महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री

निशा मेहता: स्वास्थ्य तथा जनसंख्या साथै खानेपानी मन्त्रालय मन्त्री

साथै रक्षा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय प्रधानमन्त्री स्वयमले सम्हाल्ने छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>