राजनीति
पूर्वाधार एवं वातावरणविज्ञ सुनिल लम्साललाई भौतिक मन्त्रालयको जिम्मा
०

काठमाडौं, चैत १३-
बालेन शाह नेतृत्वको सरकारमा सुनिल लम्साल पनि मन्त्री बन्ने भएका छन् । रास्वपा महामन्त्री समेत रहेका उनलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।
बालेन काठमाडौं महानगरपालिकाको मेयर पदमा रहँदा लम्साल पूर्वाधार एवं वातावरण विज्ञका रुपमा कार्यरत थिए ।
२१ फागुनको निर्वाचनमा उनी रूपन्देहीको क्षेत्र नम्बर १ बाट विजयी भएका थिए । ३५ वर्षे लम्सालसँग पूर्वाधार, सहरी योजना र सुशासन क्षेत्रमा काम गरेको अनुभव छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























