Breaking News
एकैदिन १४ हजार ६०० ले बढ्यो सुनको मूल्य
०

काठमाडौं, चैत ११-
नेपाली बजारमा सुनको भाउ आज (बुधबार) ह्वात्तै बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन तोलामा १४ हजार ६०० रुपैयाँले बढेको हो ।
उपभोक्ताले एक तोला सुन खरिद गर्न दुई लाख ८८ हजार ५०० रुपैयाँ तिर्नुपर्नेछ ।
हिजो प्रतितोला दुई लाख ७३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य भने तोलामा ४१५ रुपैयाँले बढेर चार हजार ९२० रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन चार हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























