Breaking News

दुम्कीवास-दाउन्ने खण्डमा तीन रात ठूला मालवाहक सवारी चलाउन रोक

Banner

नवलपरासी,चैत ६-

नारायणघाट–बुटवल सडक खण्डमा रातिको समयमा ठूला मालवाहक सवारी चलाउन रोक लगाइएको छ । नारायणघाट–बुटवल सडक योजनाले सूचना जारी गर्दै शुक्रबार (चैत ६) देखि ८ गतेसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीवास–दाउन्ने–बर्दघाट खण्डमा ठूला मालवाहक सवारी रोक्ने जनाएको हो ।

दुम्कीवास–दाउन्ने–वर्दघाट क्षेत्रमा मिति २०८२ चैत्र ६ गते दिउँसो १ बजेदेखि परिरहेको भारी वर्षाका कारण सडक चिप्लो भई यस खण्डमा ठूला मालवाह सवारीसाधनहरू चिप्लिने, अड्किने समस्या देखिएको र सो कारणले सडक जाम भएर सवारी आवागमन अवरुद्द भएकोले सडक आवागमनको अवस्था हेरेर मिति २०८२/१२/६ देखि २०८२/१२८ सम्म रातिको समयमा (बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म) ठूला मालवाहक सवारीसाधनहरूलाई वर्दघाटतर्फ त्रिवेणी चोकमा र दुम्कीवास बजारमै रोकी छोटो तथा लामो दुरीका यात्रुवाहक सवारी/साधनहरू तथा आकस्मिक सेवाका सवारी साधनहरूलाई प्राथमिकताका आधारमा मात्र सवारीसाधन सञ्चालन गर्न गराउन, आयोजनाको सूचनामा उल्लेख छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>