चितवन विशेष

राप्रपाका महामन्त्रीलेनै गरे पार्टीको नाम, चुनाव चिन्ह र नेतृत्व पुनरावलोकन प्रस्ताव

Banner

चितवन,चैत ४-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री शरदराज पाठकले पार्टीलाई अहिलेको अवस्थाबाट माथि उठाउनका लागि पुनर्संरचनाको प्रस्ताव अघि सारेका छन् । पाठकले बुधबार सामाजिक सञ्चालमा आफ्नो धारणा सार्वजनिक गर्दै पार्टीलाई विश्वासिलो र सशक्त बनाउन पुनर्संरचना अघि सारेका हुन् । उनले पार्टीको नाम, चुनाव चिह्न, केन्द्रदेखि तल्लो एकाइसम्मका नेतृत्वको पुनरावलोकन र आवश्यक परिवर्तन अत्यावश्यक रहेको बताएका छन ।

‘राष्ट्रिय प्रजातन्त्र पार्टीलाई अब धरमरधरमर भएर टुपुक्क राष्ट्रिय पार्टी मात्र बन्ने अवस्थाबाट माथि उठाएर राष्ट्रिय राजनीतिको एउटा विश्वासिलो र सशक्त हस्तक्षेपकारी/रूपान्तरणकारी पार्टी बनाउने हो भने यसको तत्काल व्यापक पुनर्संरचना अत्यन्त जरुरी छ’, पाठकले लेखेका छन् । उनले राप्रपामा एजेन्डाको समस्या नभएको तर नेताहरूको चिन्तन र कार्यशैलीका कारण असहज बनेको बताएका छन ।

उनले फेसबुकमा लेखेका छनः

राष्ट्रिय प्रजातन्त्र पार्टीलाई अब धरमर-धरमर भएर टुपुक्क राष्ट्रिय पार्टीमात्र बन्ने अवस्थाबाट माथि उठाएर राष्ट्रिय राजनीतिको एउटा विश्वासिलो र सशक्त हस्तक्षेपकारी/रूपान्तरणकारी पार्टी बनाउने हो भने यसको तत्काल व्यापक पुनर्संरचना अत्यन्त जरूरी छ । 

त्यसका लागि पार्टीको नाम, चुनाव चिह्न, केन्द्रदेखि तल्लो एकाइसम्मका नेतृत्वको पुनरावलोकन र आवश्यक परिवर्तन अत्यावश्यक छ । 

सार्वजनिक रूपमा यसरी लेख्दा म माथि तीब्र गालीगलौजसम्म हुन सक्छ, तर त्यसको पर्वाह नगरी मैले यो टिप्पणी लेखेको हुँ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>