राजनीति

रवि र बालेनलाई मोदीले गरे फोन, दिए शुभकामना

Banner

काठमाडौं, फागुन २५-

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई टेलिफोन गरी चुनावी सफलताको बधाई दिएका छन्।

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत दुवै नेतासँग आफ्नो टेलिफोन संवाद भएको जानकारी दिएका हुन्। नेपालको निर्वाचनमा रास्वपाले प्राप्त गरेको सानदार जित र उनीहरूको व्यक्तिगत चुनावी सफलताका लागि मोदीले बधाई ज्ञापन गरेका छन्।

रास्वपाको नेतृत्वमा बन्न लागेको आगामी नयाँ सरकारलाई शुभकामना दिँदै उनले दुई देशको आपसी समृद्धि, प्रगति र भलाइका लागि नयाँ सरकारसँग मिलेर काम गर्ने भारतको प्रतिबद्धतासमेत जनाएका छन् । नेपाल–भारत सम्बन्धलाई थप बलियो बनाउने विषयमा जोड दिँदै उनले लेखेका छन्, ‘हाम्रो संयुक्त प्रयासबाट आगामी वर्षहरूमा भारत र नेपालको सम्बन्धले नयाँ उचाइ लिने कुरामा म पूर्ण रूपमा विश्वस्त छु।’

प्रधानमन्त्री मोदीले आफ्नो पोस्टमा सभापति लामिछाने, वरिष्ठ नेता शाह र राष्ट्रिय स्वतन्त्र पार्टीको आधिकारिक ‘एक्स’ ह्यान्डललाई समेत ट्याग गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>