राजनीति

धनुषा–१ को मतपरिणाम सार्वजनिक गर्न आयोगको निर्देशन

Banner

काठमाडौं, फागुन २५-
निर्वाचन आयोगले धनुषा–१ को मतपरिणाम सार्वजनिक गर्न निर्देशन दिएको छ । आयोगको सोमबारको बैठकले धनुषा–१ का निर्वाचन अधिकृतलाई मतपरिणाम सार्वजनिक गर्न निर्देशन दिएको हो ।

‘सम्मानित सर्वोच्च अदालतबाट मिति २०८२ फागुन २९ गते प्राथमिकतामा पर्ने गरी पेसी तोक्ने भनी भएको आदेश बमोजिम धनुपा जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १को निर्वाचन परिणामको सम्बन्धमा सम्मानित अदालतबाट अन्यथा आदेश भएमा सोही बमोजिम हुने गरी हाल उमेदवार कायम रहेका उमेदवारले प्राप्त गरेको मत परिणाम घोषणा गर्न भनी धनुषा जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ का निर्वाचन अधिकृतलाई निर्देशन दिने,’-आयोगले भनेको छ ।

कालोसूचीका कारण आयोगले उमेदवारी खारेज गरेपछि धनुषा–१ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार किशोरी साह कमलले सर्वोच्चमा रिट दिएका थिए । उक्त रिटमाथि सोमबार (फागुन २५) सर्वोच्चका न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासमा निवेदकका कानुन व्यवसायीले गरेको बहसपछि आउँदो शुक्रबार अन्तरिम आदेशमा छलफलका लागि आयोगलाई डाकिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>