चितवन विशेष

चितवनमा रास्वपाले समानुपातिकमा ल्यायो डेढ लाख बढी मत

Banner

चितवन, फागुन २५–

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवनमा डेढ लाख बढी समानुपातिक मत प्राप्त गरेको छ ।

तीन क्षेत्रकै उम्मेदवारहरुले प्राप्त गरेको भन्दा बढी मत पार्टीले प्राप्त गरेको हो । जिल्ला निर्वाचन कार्यालयका अनुसार रास्वपाले चितवनमा एक लाख ७३ हजार ७९२ समानुपातिक मत्र प्राप्त गरेको छ ।

रास्वपाले सबैभन्दा धेरै क्षेत्र नं.३ मा ६० हजार ४० मत प्राप्त गरेको छ । यो क्षेत्रमा रास्वपाकी सोविता गौतम ५९ हजार २७७ मत प्राप्त गर्दै निर्वाचित भएकी थिइन् । यस्तै क्षेत्र नं. १ मा समानुपातिक ५९ हजार २४३ मत प्राप्त गर्दा प्रत्यक्षतर्फ हरि ढकालले ५८ हजार २०८ प्राप्त गरेका थिए । क्षेत्र नं.२ मा समानुपातिक तर्फ ५४ हजार ५०९ प्राप्त गर्दा सभापति रवि लामिछानेले ५४ हजार ४०२ मत प्राप्त गरेका थिए । रास्वपा २०७९ मा भएको निर्वाचनमा पनि समानुपातिक तर्फ पहिलो दल थियो ।

यस्तै समानुपातिकतर्फ चितवनमा नेपाली कांग्रेस दोस्रो दल बनेको छ । कांग्रेसको जिल्लाभर ३२ हजार ८८६ मत प्राप्त भएको छ । तेस्रो स्थानमा रहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को २६ हजार ९७ र चौथो स्थानमा रहेको नेकपा (एमाले) २५ हजार ७९८ मत प्राप्त गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>