राजनीति

मुगुमा समानुपातिकतर्फ नेपाली कांग्रेस बन्यो पहिलो दल

Banner

मुगु, फागुन २५-

प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मुगुमा प्रत्यक्षतर्फ जित हासिल गरेको नेपाली कांग्रेस समानुपातिकमा पनि पहिलो दल बनेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी प्रेमराज खनियाँका अनुसार समानुपातिकमा कुल खसेको मत मध्ये कांग्रेसले ७ हजार २७१, नेकपा एमालेले ६ हजार ४१, नेपाली कम्युनिस्ट पार्टीले ४ हजार ६५० र राष्ट्रिय स्वतन्त्र पार्टीले २ हजार ११० मत प्राप्त गरेका छन् ।

यसैगरी राप्रपाले ४५८, जनता समाजवादी पार्टी नेपाल १४६,जनमत पार्टी २७, मजदुर किसान पार्टी २, राष्ट्रिय जनमोर्चा ५, प्रगतिशिल लोकतान्त्रिक पार्टी ५१, नेपाल लोकतान्त्रिक पार्टी ५, मङोल नेसनल पार्टी १, वहुजन शक्ति पार्टी २,नेपाल सदभावना पार्टी १ र नेपाल जनता संरक्षण पार्टीले २२ मत पाएका छन् ।

समानुपातिकतर्फ कुल २२ हजार ३१८ मत खसेकोमा २१ हजार ६१२ मत सदर भयो भने ७०६ मत बदर भएको थियो । मुगु जिल्लामा कुल मतदाता ३६ हजार ३१ जना रहेका थिए ।

आइतबार सम्पन्न प्रत्यक्षतर्फको मतगणनामा नेपाली कांग्रेसका उम्मेद्वार खड्ग शाहीले ७ हजार ९१४ मत ल्याइ विजयी भएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार पूर्ण बहादुर रोकायाले ६ हजार ७१८ मत प्राप्त गरेका थिए । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>