राजनीति

चुनाव जितेका महावीरले फेरी किताब बेच्न सुरु गरे

Banner

काठमाडौं, फागुन २५-

प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित महावीर पुनले पुनः किताब बेच्न सुरु गर्ने भएका छन् ।

सोमबार सामाजिक सञ्जालमा लेख्दै उनले पोखराको अमरसिंह चोकमा आत्म कथाको किताब बेच्न सुरु गर्ने जानकारी दिए ।चुनावसँगै किताब पनि बेच्ने भनेर किताबहरु लगेको बताउँदै उनले तर निर्वाचन आयोगले चुनावमा बेच्न नदिएको बताए ।

उनले लेखेका छन्,‘आज पोखरा पुगेर १० बजे देखि अमरसिंह चोकमा मेरो आत्म कथाको किताब बेच्न सुरु गर्नेछु। त्यसपछि पृथ्वीचोकमा १ बजे देखि र महेन्द्रपुलमा ४ बजे पछि बेचिनेछ। चुनाव पनि लड्ने र किताब पनि बेच्ने भनेर किताबहरु लगेको थिएँ, तर निर्वाचन आयोगले चुनावमा बेच्न दिएन । बीरगञ्जमा कृषि औजार कारखाना मज्जाले चलि रहेकै छ, त्यसैले पैसा त त चाहियो नि ।’ न्यूज बैंक

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>