राजनीति

महतले औँल्याए चुनाव हार्नुका कारण

Banner

काठमाडौं, फागुन २५-

प्रतिनिधिसभा सदस्यको चुनावमा नुवाकोट– १ बाट पराजित नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले हार्नुका कारण कारण औँल्याएका छन् । महतले आफूलाई मत दिएका मतदातालाई धन्यवाद दिँदै हार्नुका कारण औँल्याएका हुन् ।

उनले मतदाताको असन्तुष्टि, सामाजिक सञ्जालको नियोजित प्रयोग र जेन–जी विद्रोहलाई हारको कारण भनेका छन् । साथै, उनले चुनाव हारे पनि आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि सधैं खटिने बताएका छन् । यस पटकको आम निर्वाचनमा देखिएको अस्वाभाविक परिणामका पछाडि स्थापित पार्टीहरूप्रति मतदाताहरूको असन्तुष्टि, सामाजिक सञ्जालको नियोजित प्रयोग, भदौ २३ गतेको घटनाको प्रभावलगायत धेरै कारणहरू छन् ।

यसको विश्लेषण हुने नै छ, फेसबुकमा उनले लेखेका छन्, नेपाली कांग्रेस पार्टी यो प्रभावबाट अछुतो रहेन। नुवाकोट–१ मा पनि यसको प्रभाव रह्यो। यस्तो प्रतिकूलताका बाबजुद पनि प्रतिस्पर्धी मत दिएर म र मेरो पार्टीलाई विश्वास गर्नुहुने सम्पूर्ण मतदाताहरूप्रति आभारी छु र धन्यवाद दिन चाहन्छु। यस क्षेत्रको विकास र जनताको सेवामा सधैं झै लागिरहने नै छु। निर्वाचित रास्वपाका उम्मेदवार डा। विक्रम तिमिल्सेनालाई बधाई र शुभकामना व्यक्त गर्दछु।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>