राजनीति

प्रत्यक्षमा ७ सिट जितेको नेपाली कम्युनिस्ट पार्टी ४ प्रदेशमा शून्य

Banner

काठमाडौँ फाल्गुन २५—

विभिन्न कम्युनिस्ट समूहहरू मिलाएर बनेको नेपाली कम्युनिस्ट पार्टीले प्रत्यक्षमा ७ सिट मात्रै जित्न सक्यो।

अब ३ सिटमा मात्र मत गणना जारी रहेको छ, जहाँ कुनै ठाउँमा पनि यो पार्टीको अग्रता छैन।

मधेशको धुनषा–१ मा भने मत गणना स्थगन भएको छ, जहाँ सुरुवाती अग्रता नेकपा उम्मेदवार मात्रिका यादवले लिए पनि पछिल्लो समयतिर पछि परेका छन्।त्यसैले नेकपाको अब प्रत्यक्षतर्फको सिट थप हुने सम्भावना निकै कम छ।

कुल ७ सिट जित्दा नेकपा चार प्रदेशमा भने शून्य बनेको छ। नेकपाले कोशी, मधेश, सुदूरपश्चिम र गण्डकीमा १ सिट पनि प्राप्त गरेन। बागमतीमा जम्मा एक सिट मात्रै जितेको छ। सिन्धुपाल्चोक–२ बाट युवराज दुलाल निर्वाचित भएका छन्।त्यस्तै लुम्बिनी प्रदेशबाट दुई सिट जितेको छ। रोल्पाबाट वर्षमान पुन र रुकुम पूर्वबाट पुष्पकमल दाहाल निर्वाचित भएका छन्।

कर्णाली प्रदेशबाट भने ४ सिट जित्न सफल भएको छ। रुकुम पश्चिमबाट गोपाल शर्मा, सल्यानबाट रमेश मल्ल, डोल्पाबाट धनबहादुर बुढा र कालीकोटबाट महेन्द्रबहादुर शाही विजयी भएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>