राजनीति

कांग्रेसका ज्ञानेन्द्र कार्कीलाई भारी मतान्तरले हराउँदै रास्वपाका साह विजयी

Banner

सुनसरी, फागुन २४-

सरकार, संसद र पार्टीमा प्रभाव राख्ने नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई पराजित गर्दै सुनसरी क्षेत्र नं। ४ बाट रास्वपाका दिपक साह विजयी भएका छन् ।

यो क्षेत्र नं ४ लाई नेपाली राजनीतिको लागि महत्वपूर्ण मानिन्छ । भोक्राहा नरसिंहका साहले ४२ हजार ७७१ मत ल्याएर विजयी भएका हुन् । उनले काँग्रेसका कार्कीलाई २६ हजार १८४ मतान्तरले हराएर विजयी भएका हुन् । कार्कीले १६ हजार ५८७ मत ल्याए ।

कार्की २०७४ र २०७९ सालको प्रतिनिधीसभामा विजयी भएका थिए । साहले सम्भवतः कार्कीको संसदीय यात्रामा ब्रेक समेत लगाई दिएका छन् । ३४ जना उम्मेदवारले भाग लिएको यो क्षेत्रबाट एमालेका उम्मेदवार जगदीसप्रसाद कुसियतले आठ हजार ६६१ मत ल्याएका छन् । काँग्रेसका कार्कीले अघिल्लोपटक एमालेका कुसियतसँग झिनो मतान्तरले विजयी भएका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>