राजनीति
एमालेले महाधिवेशन प्रतिनिधि बन्न रोकेका ध्रुवराज श्रम संस्कृतिबाट सांसद
०

भोजपुर, फागुन २४-
भोजपुरमा श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुवराज राई विजयी भएका छन् । १६ हजार ६६३ मतसहित एमाले सचिव शेरधन राईलाई पराजित गर्दै ध्रुवराज राई विजयी भएका हुन् ।
एमाले सचिव शेरधन राईले १४ हजार ७ सय ५० मत ल्याए । ध्रुवराज राईले शेरधन राईलाई १ हजार ९१३ मतान्तरले पराजित गरेका हुन् । यस्तै, कांग्रेसका बालकृष्ण थापा ८ हजार ६७० मत ल्याउदै तेस्रो स्थानमा आए भने राष्ट्रिय रास्वपाका रमेश ओझाले ६ हजार १०२ मत ल्याई चौथो र नेकपाका अजम्बर राई (काङमाङ) ५ हजार ७२८ मत ल्याउदै पाँचौं बने ।
विद्यार्थी राजनीतिबाट यात्रा सुरु गरेका राई भोजपुरका परिचित नेता हुन् । वामपन्थी विचारधाराबाट प्रभावित उनले भोजपुरको पहाडी भेगमा संगठन विस्तार र सामाजिक न्यायका लागि लामो समय काम गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























