राजनीति
स्याङ्जा २ मा रास्वपाका डुम्रे निर्वाचित
०

वालिङ (स्याङ्जा), फागुन २४-
प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्याङ्जा क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का झबिलाल डुम्रे निर्वाचित हुनुभएको छ । केहीबेर अघि सम्पन्न मतगणनाबाट रास्वपाका डुम्रेले २५ हजार ३५४ मत ल्याएर निर्वाचित हुनुभएको निर्वाचन अधिकृत ऋषि पौडेलले जानकारी दिनुभयो ।
उक्त क्षेत्रमा नेपाली कांग्रेस भागवतप्रकाश मल्लले २० हजार ८३० मत प्राप्त गर्नुभयो । साथै नेकपा (एमाले) का खिमबहादुर थापाले १४ हजार १०८ मत ल्याउनुभएको हो ।
कूल एक लाख १७ हजार ९३० मतदाता रहेकामा ६४ हजार ९२८ मत खसेको थियो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























