राजनीति

उदयपुर– १ मा रास्वपाका गेलाल विजयी

Banner

कटारी, फागुन २४ –

उदयपुर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार पारसमणि गेलाल ३० हजार ५९० मत प्राप्त गरी विजयी हुनुभएको छ ।

आफ्ना निकटतम प्रतिद्वन्द्वी श्रम संस्कृति पार्टीका उम्मेदवार राजेशकुमार राईलाई १८ हजार ९८४ मतान्तरसहित उहाँ निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का बलदेव चौधरीले १० हजार २१ मत, नेपाली कांग्रेसका विदुर बस्नेतले नौ हजार ६७५ र नेकपा (एमाले)का दुर्गाकुमार थापाले नौ हजार २०६ प्राप्त गर्नुभएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>