राजनीति

मेरो प्रतिस्पर्धा कुनै दलसँग होइन कुशासन र भ्रष्टचारीहरुसँग होः उपसभापति अर्याल

Banner

काठमाडौं,फागुन २३ –

काठमाडौं क्षेत्र नम्बर ९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डिपी अर्याल विजयी भएका छन्।
अर्याल २९ हजार ६३३ मतान्तरले विजयी भएका हुन् । उनले ३५ हजार ९३ मत प्राप्त गरेका छन भने उनका निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नानुमैया बास्तोलाले ५ हजार ४६० मत प्राप्त गरेकी छन्।

त्यस्तै नेकपा एमालेका उम्मेदवार अजय क्रान्ति शाक्यले ४ हजार ५८० मत प्राप्त गरेका छन्।

विजयजुलुसमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले आफ्नो प्रतिस्पर्धा कुनै दलसँग नभई देशमा रहेको कुशासन र देशमा रहेका भ्रष्टचारीहरुसँग रहेको प्रतिक्रिया दिए ।

उनले भने,‘मेरो प्रतिस्पर्धा त्योसँगमात्र हुन्छ ,यो देशमा रहेको कुशासन र देशमा रहेका भ्रष्टचारीहरुसँग मेरो प्रतिस्पर्धा हुन्छ । मैले कहिल्यै पनि अन्य दलका साथिहरुसँग प्रतिस्पर्धाको रुपमा हेरेको छैन । कुनै दल र कुनै नेताको नाम लिनै परेन । हामीले रास्वपा र मलाई चिनाउन मात्र प्रयास गर्यौं ।’

त्यस्तै उनले देश अब समृद्धितर्फ अगाडि बढ्ने र भ्रष्टाचारको अन्त्यगरी सुशासन कायम हुने दाबी गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>