राजनीति
पर्सा-३ को मतगणना सुरु, रास्वपाका चौरसियाको अग्रता
०

वीरगञ्ज (पर्सा),फागुन २२ –
पर्सा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ३ मा मतगणना सुरु भएको छ ।
निर्वाचन अधिकृत बुद्धिलाल श्रेष्ठका अनुसार यहाँ २४ सय ८५ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रामाकान्तप्रसाद चौरसियाले एक हजार ५१ मत ल्याएर अग्रता लिनुभएको छ । यस्तै, नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्रप्रसाद चौधरीले ७७१, नेकपा ९एमाले० का रूपेशकुमार पाण्डेले २३८ मत प्राप्त गर्नुभएको छ ।
यस क्षेत्रमा विभिन्न राजनीतिक दलका १४ र स्वतन्त्र नौ गरी २३ जना उम्मेदवार रहेका छन् । यस क्षेत्रमा ९६ हजार पाँच सय ४२ मतदातामध्ये प्रत्यक्षतर्फ ६७ हजार ५०४ मत खसेको थियो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























