राजनीति

काठमाडौं-१ मा रञ्जु दर्शनाले पाइन् १० हजार मत

Banner

काठमाडौँ,फागुन २२ –

काठमाडौं क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु दर्शनाले प्रतस्पर्धीहरूसँग फराकिलो मतान्तर बनाएकी छन्।

शुक्रबार बिहान पौने ८ बजेसम्मको अपडेट अनुसार २० हजार ४८८ मत गणना गर्दा दर्शनाले १० हजार ५८१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले जानकारी दिए।

उनको निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रबल थापाले ४ हजार ७३३ मत प्राप्त गरेका छन्। उनीहरूबीच ५ हजार ८४८ मतान्तर छ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का रविन्द्र मिश्रले २ हजार ७४४ मत प्राप्त गरेका छन्।

त्यसैगरी, नेकपा एमालेका मोहन रेग्मीले ८६५ मत प्राप्त गरेका छन्। नेपाली कम्युनिष्ट पार्टीकी कृतु भण्डारीले २१८ मत प्राप्त गरेकी छन्।

यस क्षेत्रमा ४६१ मत बदर भएको छ। त्यस्तै अब १० हजारको मत गणना हुन बाँकी छ।

मुख्य निर्वाचन अधिकृत खड्काले यस क्षेत्रको मतगणना आज दिउँसो १२ बजेसम्ममा आउने बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>