राजनीति

रास्वपाले काठमाडौंका यी क्षेत्रमा बनायो अग्रता (सूचीसहित)

Banner

काठमाडौं,फागुन २२ –

बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले काठमाडौंका विभिन्न निर्वाचन क्षेत्रमा अग्रता बनाएका छन् । प्रारम्भिक मतपरिणामअनुसार काठमाडौं–१ मा रञ्जु न्यौपाने ९ हजार ७८ मतसहित अग्रस्थानमा रहेकी छन्।

त्यस्तै काठमाडौं–८ मा विराज भक्त श्रेष्ठ ७ हजार ६१७ मतसहित अघि छन् भने काठमाडौं–१० मा प्रदीप विष्ट ६ हजार ४२ मतसहित अग्रता कायम गरेका छन् ।

यस्तै काठमाडौं–५ मा सस्मित पोखरेल ३ हजार ७००, काठमाडौं–४ मा पुकार बम २ हजार ५२९, काठमाडौं–७ मा गणेश पराजुली २ हजार ८३३ र काठमाडौं–६ मा शिशिर खनाल २ हजार २३८ मतसहित अगाडि रहेका छन् ।

मतगणना जारी रहेकाले आगामी परिणामसँगै मतान्तरमा थप परिवर्तन हुन सक्ने निर्वाचन अधिकृतहरूले बताएका छन् ।
रास्वपाले अग्रता बनाएका क्षेत्रहरू
काठमाडौं–१ः रञ्जु न्यौपाने – ९,०७८ मत
काठमाडौं–८ः विराज भक्त श्रेष्ठ – ७,६१७ मत
काठमाडौं–१०ः प्रदीप विष्ट – ६,०४२ मत
काठमाडौं–५ः सस्मित पोखरेल – ३,७०० मत
काठमाडौं–४ः पुकार बम – २,५२९ मत
काठमाडौं–७ः गणेश पराजुली – २,८३३ मत
काठमाडौं–६ः शिशिर खनाल – २,२३८ मत

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>