राजनीति
बागलुङ–१ मा क्रियापुत्रीद्वारा मतदान
०

ढोरपाटन (बागलुङ), फागुन २१-
यहाँको काठेखोला गाउँपालिका–३ धम्जामा क्रियापुत्रीले मतदान गर्नुभएको छ ।
आज भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा आमाको निधन भएको छैठौँ दिनमा धम्जा मतदान केन्द्रबाट दीपेन्द्र रानाले मतदान गर्नुभएको हो । आमाको काजक्रियामा रहे पनि मतदान गर्ने अवसरको सदुपयोग गरेको उहाँले बताउनुभयो । राना नेपाली कांग्रेस काठेखोला–३ का वडा सभापतिसमेत हुनुहुन्छ ।
उहाँले भन्नुभयो, “चुनाव भनेको सही नेतृत्व चयन गर्ने महत्वपूर्ण दिन भएकोले मैले यो अवसरलाई गुमाउन चाहिँन ।” रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























