राजनीति

गगन थापाको प्रतिक्रियाः ‘मधेसले मेरो राजनीतिक दृष्टिकोणलाई परिपक्व बनायो’

Banner

काठमाडौं, फागुन २१-

नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले मधेसको अनुभवले आफ्नो राजनीतिक बुझाइलाई थप फराकिलो र परिपक्व बनाएको बताएका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा बिहीबार काठमाडौंको मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।

यसपटक सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार रहेका थापाले काठमाडौंमा बसेर लामो समय राजनीति गर्दा देशका बारेमा आफूले निकै कम मात्र बुझेको महसुस भएको बताए ।

चुनावी अभियानका क्रममा पछिल्लो १०–१२ दिन मधेसमा बिताउँदा त्यहाँको समाज, विविधता र संरचनालाई नजिकबाट बुझ्ने अवसर पाएको उनले उल्लेख गरे ।

थापाले मधेसको अनुभवबिना आफ्नो राजनीतिक यात्रा र बुझाइ अधुरै रहने दाबी समेत गरे । आफूलाई पहाड र काठमाडौंको लामो अनुभव भएपनि मधेसको बसाइले आफूलाई पूर्ण बनाएको उनको भनाइ थियो । देशभर आज प्रतिनिधिसभा सदस्यका लागि मतदान भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>