राजनीति

पूर्वअर्थमन्त्री डा महतले नुवाकोटबाट गरे मतदान

Banner

नुवाकोट, फागुन २१-

पूर्व अर्थमन्त्री एवम् नेपाली कांग्रेसका तर्फबाट नुवाकोट क्षेत्र नम्बर १ का उम्मेदवार डा प्रकाश शरण महतले मतदान गरेका छन् । उनले नुवाकोट पञ्चकन्या–२ स्थित राष्ट्रिय मावि मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।

मतदानपछि उनले भनेका छन्, ‘आज आफ्नो अमूल्य मताधिकार प्रयोग गरेँ ।मतदान केवल अधिकार मात्र होइन, यो हाम्रो लोकतन्त्रप्रतिको कर्तव्य पनि हो । सचेत नागरिकका रूपमा सबैले मतदान गरेर आफ्नो आवाज व्यक्त गरौँ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>