राजनीति

रुपन्देही २: रास्वपा उम्मेदवार खरेलको सचिवालयमा आक्रमण

Banner

काठमाडौं, फागुन २०-
रुपन्देही क्षेत्र नम्बर २ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेलको सचिवालयमा अज्ञात समूहले आक्रमण गरेको छ। बुटवल बसपार्क नजिकै रहेको होटल नमोबुद्धस्थित सचिवालयमा प्रवेश गरेर बुधबार राति आक्रमण भएको हो।

आक्रमणकारीले सचिवालयमा रहेका रास्वपाका नेता तथा कार्यकर्तामाथि कुटपिट गरेको बताइएको छ। उम्मेदवार खरेलले सामाजिक सञ्जालमार्फत आफू बसेको होटलमा आएर सचिवालयका सदस्यहरूलाई निर्घात कुटपिट गरिएको जानकारी दिएका छन्।

खरेलले लेखेका छन्, ‘अज्ञात समूहद्वारा म बसेको होटलमा आई मेरो सचिवालयका केही साथीहरूलाई निर्घात कुटपिट भएको छ। हाल आएर केही व्यक्ति पहिचान भइसकेको छ।’ उनले प्रहरीले आफ्नो काम सुरु गरिसकेको र भोलिको मतपरिणामले यसको जवाफ दिने प्रतिक्रिया दिएका छन्।

यता, जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भने उम्मेदवार खरेल स्वयंमाथि आक्रमण नभएको दाबी गरेको छ। प्रहरीले घटनाबारे सत्यतथ्य बुझ्ने र अनुसन्धान गर्ने काम भइरहेको जनाएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>