Breaking News

सुनको मूल्य स्थिर हुँदा चाँदीको मूल्यमा सामान्य गिरावट

Banner

काठमाडौं, फागुन ८ –

आज स्थानीय बजारमा बिहीबारको तुलनामा सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य रु १० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख चार हजार ७०० र एक तोला चाँदीको मोल रु पाँच हजार ५० निर्धारण भएको छ ।

हिजो बिहीबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख चार हजार ७०० र एक तोला चाँदीको मोल रु पाँच हजार ६० कायम भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९९२ अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>