राजनीति
५ वर्षको स्थायी सरकार दिनुहोस्, देश बदलेर देखाउँछौंः रवि

काठमाडौँ, फागुन ७-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुकको समग्र रूपान्तरण र समृद्धिका लागि आफ्नो पार्टीलाई ५ वर्षको स्पष्ट जनादेश दिन आम मतदातासँग आग्रह गरेका छन्।
आज (बिहीबार) कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित वाचा पत्र २०८२ सार्वजनिक तथा परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ‘हामीले वाचा पत्रमा १०० वटा नीतिगत आधारहरू प्रस्तुत गरेका छौं,’ उनले भने, ‘यदि हामीले गरेका वाचा पूरा गर्न सकेनौं भने हामी सजाय भोग्न तयार छौं। यो नागरिकसँग गरिएको एउटा पवित्र करार हो।
मुलुकमा देखिएको राजनीतिक अस्थिरताको अन्त्यका लागि बहुमतको स्थायी सरकार अनिवार्य रहेको लामिछानेको तर्क थियो। ‘हामीलाई ५ वर्षको म्यान्डेट दिनुहोस्। एउटा देश, एउटा झण्डा, एउटा चुनाव चिह्न र एउटा स्पष्ट भिजन भएको सरकारले कसरी काम गर्छ भन्ने हामी देखाउँछौं,’ उनले थपे।
























