राजनीति

विषम परिस्थितिमा देशलाई सम्हाल्ने क्षमता कांग्रेसमा छः विश्वप्रकाश शर्मा

Banner

धरान, फागुन ७-

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले हरेक विषम परिस्थितिमा देशलाई सम्हाल्ने क्षमता भएको दल नेपाली कांग्रेस रहेको बताएका छन् ।

सुनसरी निर्वचन क्षेत्र नम्बर १ मा कांग्रेसका उमेदवार सुजेन्द्र तामाङको प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा शर्माले अहिलेको राष्ट्रिय संकटको घडीमा सिकारुलाई नभएर परिपक्व शक्तिलाई देशको नेतृत्व दिनुपर्ने बताए । ‘सिकारुलाई देश जिम्मा दिनु हुँदैन । राज्य सञ्चालन खेल होइन, जिम्मेवारी हो । परिपक्व, अनुभवी र संकट व्यवस्थापन गर्न सक्ने दललाई मात्रै देशको नेतृत्व दिनुपर्छ,’ शर्माले भने ।

कांग्रेसले इतिहासदेखि नै संकटको घडीमा देशलाई सम्हाल्दै आएको उनको भनाइ छ । ‘कांग्रेसको बन्दुकले बन्दुकको समाधान हुँदैन भन्ने सिद्धान्तबाट गिरिजाप्रसाद कोइरालाले माओवादीलाई मूलधारको राजनीतिमा ल्याएर देशलाई ठूलो रक्तपातबाट जोगाएको कसैले बिर्सेका छैन,’ उनले भने । संविधान निर्माणको संवेदनशील घडीमा कांग्रेसले सबै पक्षलाई समेटेर अघि बढेको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>