राजनीति
धनगढीमा रास्वपाको चुनावी सभा: रवि र बालेनले सम्बोधन गर्ने
०

काठमाडौँ, फागुन ६-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुदूरपश्चिम प्रदेशमा आयोजना गरेको चुनावी सभा सुरु भएको छ। धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सुदूरपश्चिममा छन्।
धनगढीमा आयोजित चुनावी सभामा रास्वपाका सुदूरपश्चिमका उम्मेदवारले सम्बोधन गरिरहेका छन्। उम्मेदवारहरूलाई बोल्न ३ मिनेट समय दिइएको छ। त्यसपछि रास्वपा वरिष्ठ नेता शाह र सभापति लामिछानेले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























