चितवन विशेष

भरतपुर विमानस्थल वरपरका टोलबासीको समस्या समाधान गर्न प्रतिवद्ध छुः मीना खरेल

०
Banner

चितवन, फागुन ५–

चितवनको भरतपुर महानगरपालिका–१०, स्थित भरतपुर विमानस्थल वरपरका पाँच टोल विकास संस्थाले प्रतिनिधि सभा चितवन क्षेत्र नं.२ की उम्मेदवार मीना खरेललाई ज्ञापन पत्र बुझाएको छ ।

आज साँझ एक कार्यक्रमकाबीच नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी खरेललाई टोल विकास संस्थाहरुले आफ्नो समस्यासहितको ज्ञापन पत्र बुझाएका हुन् ।

५ टोल संस्थामा ७ सय घरधुरी रहेका छन् । भरतपुर विमानस्थल वरपर रहेकाले मापदण्डका कारण जग्गा किनबेच, बैंकमा धितो राख्न नपाउने, वर्षायाममा डुबानलगायतका समस्या रहेको भन्दै उम्मेदवार खरेललाई ज्ञापन पत्र बुझाएका हुन् । उनीहरुले नक्सा पास र मापदण्डको समस्या समाधान, ढल व्यवस्थापन गरि बस्तीलाई बाढीबाट जोगाउने, सम्पत्तिको मूल्य कायम गरि बैंकिङ सेवाका लागि योग्य बनाउन माग गरेका छन् ।

ज्ञापनपत्र बुझ्दै खरेलले आफू यहाँको जनताको समस्या बारे केही अवगत रहेको भन्दै निर्वाचनको नतिजा जस्तो आएपनि यहाँका बासिन्दालाई साथ दिए बताइन् । ‘यहाँका समस्या बारे अहिले धेरै कुरा जान्न पाए, कतिपय समस्या मलाई अवगत नै छ, यहाँ तीन तहका सरकार छन्, सबै मिलेर काम गर्दा धेरै समस्या समाधान हुन्छ’–खरेलले भनिन् । उनले सबै समस्याका कारण पनि हुने र समाधान पनि हुने भन्दै जनप्रतिनिधिको इच्छाशक्ति आवश्यक रहेको बताइन् । उनले संसदमा पुगे जनताको असल सेवक भएर काम गर्ने प्रतिवद्धता जनाउँदै टोलबासीहरुको समस्या समाधानका लागि आफू प्रतिवद्ध रहेको बताइन् ।

कार्यक्रममा युवा नेता ऋषि थापाले जनप्रतिनिधि छान्ने बेलामा जनताले विवेक प्रयोग गरे भने समस्या समाधान निस्कने बताए । जनताको समस्या समाधानका लागि झकझकाउने मान्छे चाहिन्छ, असल प्रतिनिधि चुनौ, संसदमा यहाँको समस्या लिएर टेबल ठोक्ने मान्छे चाहियो, ७ सय घरधुरीको समस्या सुन्ने मान्छे चाहियो’–थापाले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>