Breaking News
घट्यो सुनचाँदीको मूल्य
०

काठमाडौं, फागुन ४-
आज (सोमबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ हजार रुपैयाँले घटेको हो । योसँगै आज सुनप्रतिोला ३ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।
हिजो (आइतबार) सुन प्रतितोलाको ३ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा १२५ रुपैयाँले घटेको छ । अघिल्लो दिन चार हजार ९८५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन चार हजार ८६० रुपैयाँ तोकिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























