Education
ग्लोरियस एकेडेमीले भव्य रुपमा मनायो १६औं वार्षिकोत्सव

चितवन, फागुन ३–
ग्लोरियस एकेडेमी चितवनले १६औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रुपमा सम्पन्न गरेको छ ।
भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका वरिष्ठ विद्यालय निरीक्षक ऋषिराम शर्माको प्रमुख आतिथ्यता एवं तोरणबहादुर ढकालको अध्यक्षतामा भएको वार्षिकोत्सव विशेष साँस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो । विशेष कार्यक्रममा केन्द्रीय प्याव्सन र जिल्ला प्याव्सन चितवनका प्रतिनिधिहरू क्रमशः कीर्तिनिधि अर्याल, मिनराज बस्ताकोटी, भानु अर्याल, वेदराज न्यौपाने तथा अन्य वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा विद्यालयकी प्राचार्य शारदा ढकालले शैक्षिक प्रतिवेदन र भावी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । १२ कक्षाको शैक्षिक कार्यक्रम सुरूको वर्षदेखि नै चितवन जिल्लामा लगातार द्वितीय र प्रथम स्थान हासिल गरेको जानकारी गराउनु भएको हो ।
कार्यक्रममा सहजकर्ताको भूमिकामा रामेश्वर आचार्य, कार्यक्रम सञ्चालन अनिस सापकोटाले गर्नु भएको थियो भने नेपाली विभाग प्रमुख भरतबाबु ढकालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरूले विभिन्न जातजातिको सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।





























