अटो

नेपथ्य कन्सर्टको अवसरमा चितवनमा खुल्यो ट्रायम्फ नेपालको शोरुम

Banner

चितवन, पुस २९–

ट्रायम्फ नेपालले चर्चित नेपाली ब्याण्ड नेपथ्यको नारायणगढस्थित क्याम्पाचौरमा भएको लाइभ कन्सर्टको क्रममा चितवनमा आफ्नो नयाँ शोरूम संचालनमा ल्याएको छ ।

ट्रायम्फ मोटरसाइकल एक प्रतिष्ठित ब्रिटिश ब्रान्ड हो । एक शताब्दीकै लामो मोटरसाइकल इतिहासमा उत्कृष्ट प्रदर्शन, डिजाइन र क्राफ्ट्सम्यानशिप आफ्नो पहिचान बनाएको छ। ट्रायम्फले प्रिमियम मोटरसाइकल क्षेत्रका वैश्विक मापदण्डहरू निर्धारण गर्दै, विश्वभरका राइडरहरूलाई प्रेरणा र विश्वासको प्रतीकको रूपमा स्थापित गरेको छ।
चितवनमा नयाँ शाखा संचालनमा ल्याइनु ट्रायम्फ ब्रान्डको देशव्यापी विस्तारको यात्रामा एक महत्वपूर्ण माइलस्टोनको रूपमा मानिएको छ।

चितवन शोरूम पूर्ण तीन एस सुबिधा (सेल्स, सर्भिस र स्पेयर्स ) सहित, ट्रायम्फका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार डिजाइन गरिएको र तालिमप्राप्त प्राविधिक तथा कर्मचारीहरूको नेतृत्वमा सञ्चालनमा ल्याइएको हो । ग्राहकहरूले ट्रायम्फ मोटरसाइकलका नयाँ मोडेलहरू, बिक्रीपछिको उत्कृष्ट सेवा र स्पेयर पार्ट्स सहज रूपमा प्राप्त गर्न सक्ने कम्पनीले दावी गरेको छ । चितवन र वरिपरिका क्षेत्रका राइडरहरूलाई विश्वसनीय सुविधा र प्रत्यक्ष अनुभव प्रदान गर्ने विश्वास गरिएको छ।
शोरूम उद्घाटनको अवसरमा ट्रायम्फ नेपालले चितवन शोरूमदेखि कन्सर्ट स्थल क्याम्पाचौरसम्म छोटो राइड पनि आयोजना गरेको थियो । कार्यक्रममा सहभागी ट्रायम्फ राइडरहरूले निःशुल्क प्रवेश पास तथा विशेष पार्किङ सुविधा पाएका थिए। यस पहलले राइडरहरूको सक्रिय सहभागितामा केन्द्रित ट्रायम्फको दृष्टिकोणलाई अझ मजबुत रूपमा प्रस्तुत गरेको छ।

ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले भने, “प्रत्येक नयाँ शोरूमको उद्घाटनसँगै हामी राष्ट्रिय स्तरको ट्रायम्फ समुदाय निर्माणतर्फ अझ नजिक पुगेका छौं। चितवनको जीवन्त बाइकिङ्ग संस्कृति हाम्रो विस्तारोन्मुख नेटवर्कका लागि अत्यन्तै उपयुक्त रहेको छ। हाम्रो उद्देश्य केवल मोटरसाइकल उपलब्ध गराउनु मात्र होइन, ग्राहकहरूले विश्वास र गुणस्तरमा आधारित प्रिमियम अन्तर्राष्ट्रिय जीवनशैली प्रत्यक्ष अनुभव गर्न सकुन् भन्ने हो।”

चितवन शोरूमको उद्घाटनसँगै ट्रायम्फ नेपालले देशभर प्रिमियम मोटरसाइकल अनुभव पुर्याउने आफ्नो प्रतिबद्धतालाई अझ बलियो बनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>