खेलकुद
राष्ट्रिय टी–२० क्रिकेट शुक्रबारदेखि
०

नवलपुर (नवलपरासी), माघ २८-
आगामी फागुन १ देखि ५ गतेसम्म गैँडाकोट–९ स्थित नवजागरण खेलमैदानमा राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।
प्रतियोगितामा सातवटा प्रदेशबाट सात टिम तथा आयोजक नवजागरण ग्रामीण विकास केन्द्रको मेयर्स ११ गरी आठ टिम सहभागी हुने प्रतियोगिताका संयोजक रामचन्द्र सापकोटाले मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
प्रतियोगितामा विजयी हुने टोलीलाई रु तीन लाख, उपविजेताले रु दुई लाख, म्यान अफ द सिरिजलाई रु २५ हजार, उत्कृष्ट ब्याट्सम्यान , बलर, फिल्डर तथा किपराई जनही रु १५ हजार पुरस्कार प्रदान गरिने छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























