राजनीति
सात करोडको भ्रष्टाचार मुद्दामा दुई लाख धरौटीमा छुटिन् डा. संगीता भण्डारी
०

काठमाडौं,माघ २७-
सात करोड ३१ लाख बिगो रहेको भ्रष्टाचार मुद्दामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्वउपकुलपति डा. संगीता भण्डारी दुई लाख रुपैयाँ धरौटीमा छुटेकी छिन्। सिटिस्क्यान मेसिन खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा मंगलबार विशेष अदालतमा उपस्थित भएकी उनलाई न्यायाधीशहरू सुदर्शनदेव भट्ट र हेमन्त रावलको इजलासले धरौटीमा छाड्ने आदेश दिएको हो ।
सिटिस्क्यान मेसिन खरिद गर्दा सात करोड ३१ लाख ८२ हजार बिगो कायम गरी गत १५ माघमा विशेष अदालतले उनीविरुद्ध मुद्दा दायर गरेको थियो। उनीविरुद्ध अर्को भ्रष्टाचार मुद्दा पनि विशेषमा विचाराधिन छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























