राजनीति

पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ :महामन्त्री सङ्ग्रौला

०
Banner

काठमाडौँ,कात्तिक २१-

नेपाली कांग्रेसकी महामन्त्री डा डिला सङ्ग्रौला पन्तले पार्टीको १५ औँ महाधिवेशनबाट कांग्रेस युवामय बनेको बताउनुभएको छ । नेपाल विद्यार्थी सङ्घ गोरखा(काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको ‘शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको शुभकामना आदानप्रदान, सम्मान तथा चियापन’ कार्यक्रममा उहाँले पार्टीको महाधिवेशनले कांग्रेसमा युवा नेतृत्वलाई अगाडि बढाएको बताउनुभएको हो ।

महामन्त्री सङ्ग्रौलाले विदेशीएका युवालाई स्वदेशमै रोजगार प्रदान गर्नेगरी कांग्रेसले आफ्ना कार्यक्रमलाई आगामी दिनमा अगाडि लैजाने प्रतिबद्धता जनाउनुभयो । पछिल्लो समय मुलुकमा शिक्षाको गुणस्तर खस्किएको भन्दै उहाँले यसलाई अगाडि बढाउन नेविसङ्घले प्रभावकारी रूपमा नृतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्नुभयो ।

कांग्रेस केन्द्रीय सदस्य एवं राष्ट्रियसभा सदस्य किरणबाबु श्रेष्ठले पार्टीको १५औँ महाधिवेशनले कांग्रेस र देशमा नयाँ उत्साह थपेको बताउनुभयो । पार्टीलाई जीवन्त राख्न विचार सङ्गठन र सफल नेतृत्व आवश्यक रहेको उहाँको भनाइ थियो ।

कांग्रेस केन्द्रीय सदस्य एवं पालुङटार नगरपालिकाका पूर्वप्रमुख इन्जिनियर दीपकबाबु कँडेलले नेपालको शैक्षिक बहसमाथिको नेतृत्व नेविसङ्घले गर्नुपर्ने बताउनुभयो । उहाँले पार्टी बलियो बनाउनका लागि भ्रातृ संस्था बलियो हुनुपर्ने धारणा राख्नुभयो ।

कांग्रेस केन्द्रीय सदस्य जानुका पन्तले लोकतन्त्रको रक्षाका लागि कांग्रेस सधैँ अग्रमोर्चामा उभिने बताउनुभयो । नेपाल विद्यार्थी सङ्घकी केन्द्रीय अध्यक्ष करुणा कटुवालले लोकतन्त्र बलियो बनाउन सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । नेविसङ्घको महाधिवेशन शीघ्र गरिने उहाँको भनाइ थियो ।

नेपाली कांग्रेस गोरखाका नेता प्रकाशचन्द्र दवाडीले गोरखा कांग्रेसले युवामार्फत पार्टीको सङ्गठनलाई अगाडि बढाउँदै लगेको बताउनुभयो । केन्द्रीयस्तरका नेता गाउँगाउँमा गएर सङ्गठन विस्तार गर्न लाग्नुपर्ने उहाँको भनाइ थियो ।

कांग्रेस गण्डकी प्रदेशका सदस्य पूर्ण दाहालले कांग्रेसलाई चलायमान बनाउन भ्रातृ संस्थालाई चलायमान बनाउनुपर्ने बताउनुभयो । नेविसङ्घ गोरखा काठमाडौँ सम्पर्क समितिका सभापति कमल पन्तले काठमाडौँमा रहेका युवालाई पाटीसँग जोड्नका लागि नेविसङ्घले काम गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा गोरखाबाट पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य विजयी हुनुभएका किरणबाबु श्रेष्ठ, दीपकबाबु कँडेल, जानुका पन्त र जनार्दन अर्याललाई सम्मान गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>