Breaking News
सुन तोलामा ९०० रुपैयाँले बढ्यो , कतिमा हुदैँछ कारोबार ?
०

काठमाडौं , माघ २७ –
नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा ९०० रुपैयाँले बढेर प्रतितोला तीन लाख पाँच हजार ५०० रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन सोमबार सुनको मूल्य प्रतितोला तीन लाख चार हजार ६०० रुपैयाँमा करोबार भएको थियो ।
त्यसैगरी, चाँदीको भने मूल्य सामान्य घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेको महासंघले जनाएको छ ।
अघिल्लो दिन भने पाँच हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी आज पाँच हजार २४० रुपैयाँ तोकिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























