राजनीति

एमाले अध्यक्षद्वारा हुलाकी राजमार्गको अवलोकन

Banner

झापा, माघ २६-

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज हुलाकी राजमार्ग तथा गौरीगञ्ज बजारको अवलोकन गर्नुभएको छ ।

चुनावी अभियानका क्रममा गृह जिल्ला आउनुभएका ओलीले सडक र बजार अवलोकनसँगै मतदातासँग भेटघाट समेत गर्नुभएको छ ।

उहाँले खजुरगाछी, देवीगञ्ज, जनताचोक, मल्हाटोली, दिनाभद्री, चिल्हरा, श्याम टोली, छहारी चोक, हरिरा, गौरीगाडाँगीलगायत बस्तीमा पुगेर मतदाता अपेक्षा, गुनासो सुन्दै भावी कार्ययोजनाका बारेमा जानकारी दिनुभयो ।

शुक्रबारदेखि नै अध्यक्ष ओली आफू उम्मेदवार रहेको निर्वाचन क्षेत्रमा केन्द्रित हुनुभएको छ ।

स्थानीयले यस क्षेत्रको विकासका लागि उहाँले पु¥याउँदै आएको योगदानको चर्चा गर्दै फेरि पनि जितेर बाँकी कामहरू पूरा गर्न आग्रह गरेको प्रचार समिति संयोजक देवेन्द्र दाहालले बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>