खेलकुद
‘आरम्भ कप बास्केटबल’को उपाधि अंकुरम एकेडेमीलाई
०

चितवन, माघ २३–
चितवनको भरतपुरमा सम्पन्न ‘आरम्भ कप बास्केटबल प्रतियोगिता’को उपाधि भरतपुरको अंकुरम एकेडेमीले जितेको छ ।
आज (शुक्रबार) भएको फाइनल भिडन्तमा खैरहनीको सैनिक आवासीय माविलाइ ८२–७४ अंकले पराजित गर्दै अंकुरमले उपाधि जितेको हो । उपाधिसंगै अंकुरमले नगद १५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।
उपविजेतामा चित्त बुझाएको सैनिकले नगद १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । विजेता र उपविजेतालाई आरम्भ कलेजका प्रीन्सिपल सुरज शिवाकोटी, प्रतियोगिता संयोजक शिशिरजंग कुवँरलगायतले पुरस्कार वितरण गरेका थिए ।
आरम्भ कलेजको आयोजनामा भएको प्रतियोगिता पाँच दिनसम्म चलेको थियो । उक्त प्रतियोगितामा चितवन र नवलपुरका २४ टिमले सहभागिता जनाएका थिए ।




तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























