खेलकुद
आरम्भ कलेजमा बास्केटल प्रतियोगिता सुरु, पहिलो दिन ६ खेल सम्पन्न

चितवन, माघ २०–
आरम्भ कलेजको आयोजनामा प्रथम संस्करणको ‘आरम्भ कप बास्केटबल प्रतियोगिता’ २०८२ सुरु भएको छ ।
सोमबारदेखि आरम्भ कलेजको कोर्टमा सुरु भएको प्रतियोगिताको पहिलो दिन ६ खेल सम्पन्न भएका छन् । पहिलो दिन अंकुरम एकेडेमी र एपेक्स कलेज, एसओएस र ओम शान्ति एकेडेमी, प्रेसिडेन्सी कलेज र गैंडाकोट नमुना, अरोमा कलेज ‘बी’ र स्टेप बाइ स्टेप स्कुल, न्यू क्यापिटल कलेल ‘बी’ र अरोमा कलेज ‘ए’, गुरुकुल कलेज र न्यू क्यापिटल कलेज ‘ए’ बीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलहरुमा विजयी हुँदै अंकुरम एकेडेमी, एसओएस, प्रेसिडेन्सी कलेज, अरोमा कलेज ‘बी’, न्यू क्यापिटल कलेज ‘ए’ र अरोमा कलेज ‘ए’ दोस्रो चरणमा प्रवेश गरेका छन् ।
प्रतियोगिता अन्तरगत आज (मंगलबार) पनि ६ खेल हुँदै छन् । एनपीसी ‘ए’ र अर्किड स्कुल, सनराइज इङलिस स्कुल र एनपीसी ‘बी’, गैंडाकोट इङलिस स्कुल र स्काइराइडर इङलिस स्कुल, वाल्मीकि शिक्षा सदन र अक्सफोर्ड कलेज ‘ए’, लिटिल फ्लवार इङलिस स्कुल र अक्सफोर्ड कलेज ‘बी’, सैनिक स्कुल र ग्रीनल्याण्ड पब्लिक स्कुलबीच प्रतिष्पर्धा हुने प्रतियोगिताका संयोजक इ.शिशिरजंग कुवँरले जानकारी दिए ।
प्रतियोगितामा चितवन र नवलपुरका २४ वटा प्लस टु विद्यालयहरुको सहभागिता रहेको छ । विजेताले १५ हजार रुपैयाँ, उपविजेताले १० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै प्रतियोगितामा सहभागि सबै टिमलाई पनि प्रमाणपत्र प्रदान गरिने आरम्भ कलेजले जनाएको छ । प्रतियोगिता माघ २२ गतेसम्म चल्ने छ ।


























