Breaking News

चितवनका सिडियोद्धारा ‘निर्वाचन’ शब्दको गज्जबको ब्याख्या, आयोगले लियो अपनत्व

Banner

चितवन, माघ १७–

यतिबेला देश नै निर्वाचनमय बनि सकेको छ । माघ ६ गते औपचारिक रुपमा उम्मेदवारी मनोनयन दर्ता गरिएसंगै उम्मेदवारहरु चुनाव केन्द्रित बनेका छन् । निर्वाचनको बेलामा सधै चर्चामा आउने विषय हो आचारसंहिताको पालना । यही आचारसंहिता पालना गराउन जिल्ला प्रशासन कार्यालय चितवनमा भएको छलफलमा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले व्याख्या गरेको दृष्टिकोण अहिले थप चर्चामा छ ।

प्रमुख जिल्ला अधिकारी अर्यालले ‘नि र बा च न’लाई प्रत्येक अक्षरको सरलीकरण व्याख्या गरेका छन् । प्रजिअ अर्यालले भने– ‘नि’ को अर्थ निश्पक्ष हो, निर्वाचन आयोगले निश्पक्ष बनाउन चाहन्छ, ‘र’ को अर्थ रणनीतिक रुपमा चलेर पनि युद्ध जित्न सकिन्छ भन्ने कुरा हो, धेरै तडक भडक हाहु गरेर कुनै अर्थ छैन, ‘बा’को अर्थ अरुलाई बाधा, बिरोध गरेर होइन, आफ्नै घोषणा पत्र, दृष्टिकोण राखेर जान सकिन्छ, ‘च’को अर्थ धेरै चलखेल गर्ने होइन र ‘न’ को अर्थ नकरात्मक फैलाउने हैन, सकरात्मक भावलाई प्रवद्र्धन गर्ने हो ।’

प्रजिअ अर्यालले व्याख्या गरेको विषयलाई निर्वाचन आयोगले पनि अपनत्व लिएको छ । आज आफ्नो आधिकारिक वेबसाइट र सामाजिक संजाल फेसबुकमा पनि निर्वाचन आयोगले प्रजिअ अर्यालले ब्याख्या गरेको विषयलाई सार्वजनिक गरेको छ । प्रजिअ अर्याल चितवनमा रचनात्मक काम गरेर सधैजसो चर्चामा छन् । उनको काम गर्ने शैलीले सबैले मन पराउने गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>