राजनीति

तत्कालका लागि लामिछानेको मुद्दा फिर्ता गर्न अदालतले गर्‍यो अस्वीकार

Banner

काठमाडौँ, माघ १९-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वउपप्रधानमन्त्री रवि लामिछानेविरुद्ध दर्ता भएको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा तत्काललाई फिर्ता गर्न रुपन्देही अदालतले अस्वीकार गरेको छ ।

महान्यायाधिवक्ताको कार्यालयले गत पुस ३० गते लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगिठत अपराध कसुरमा चलेका मुद्दा संशोधन प्रक्रियामार्फत फिर्ता लिने निर्णय गरेको थियो । मुद्दा फिर्ता गर्न भन्दै जिल्ला सरकारी वकीलको कार्यालय, रुपन्देहीलाई पत्रमार्फत निर्देशन दिइएको थियो । अदालतले मुद्दा फिर्ता प्रकरणमा सर्वोच्चमा दायर भएका रिटको टुंगो लागेपछि मात्र निर्णय गर्ने भनेको छ ।

जिल्ला अदालतका न्यायाधीश श्यामलाल घिमिरेको इजलासले सर्वोच्चमा विचाराधीन रिटको अन्तरिम आदेशबारे टुंगो लागेपछि मात्रै जिल्ला अदालतमा निवेदन पेस गर्न आदेश दिएको रूपन्देहीका तहसिलदार कृष्णप्रसाद पौडेलले जानकारी दिए

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>