राजनीति

रवि लामिछाने अस्पतालबाट डिस्चार्ज

Banner

काठमाडौं, माघ १५
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने डिस्चार्ज भएका छन् ।

स्वास्थ्य अवस्था सुधार हुँदै गएको र अस्पतालमा भेटघाट गर्ने मानिसको भिड लागेपछि उनले घरमै आराम गर्ने भन्दै डिस्चार्ज मागेका हुन् ।

अस्पतालका प्रवक्ता तथा डिपुटी निर्देशक डा गोपालप्रसाद सेढाईंले लामिछाने अस्पतालबाट डिस्चार्ज भएको बताए । लामिछानेलाई ‘सेलुलाइटिस’ भएको थियो । ५ माघमा पार्टीको कार्यक्रममा सहभागी हुन उनी जनकपुरमा पुगेका थिए । स्टेजबाट ओर्लिँदा लामिछानेको देब्रे खुट्टामा चोट लाग्यो । तर उनले सामान्य रूपमा लिए । केही औषधि खाए । चोट निको नहुँदै उनी आफ्नो निर्वाचन क्षेत्र चितवनतर्फको चुनावी दौडमा हिँडे । कामको व्यस्तताले नियमित औषधि खान भ्याएनन् । दुखाइ रोकिएन, घाउ सुन्निन थाल्यो । खुट्टा रातो भयो ।
चोट लागेको ९ दिनपछि लामिछाने त्रिवि शिक्षण अस्पताल पुगे । परीक्षणको क्रममा उनलाई सेलुलाइटिस भएको पत्ता लागेको थियो । उनलाई नसामार्फत तीनवटा एन्टिबायोटिक औषधि दिइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>