राजनीति

बागी उमेदवारलाई उमेदवारी निष्क्रिय पार्न कांग्रेसको निर्देशन

Banner

काठमाडौं, माघ १३-

नेपाली कांग्रेसले बागी उमेदवारी दिएका उमेदवारहरूलाई आफ्नो उमेदवारी निष्क्रिय गर्न निर्देशन दिएको छ ।

मंगलबार (माघ १३) पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले केही स्थानमा पार्टीबाट विद्रोह गरेर छुट्टै उमेदवारी दर्ता गराएको अवस्थामा आफ्नो उमेदवारी निष्क्रिय गर्दै पार्टीको आधिकारिक उमेदवारर्लाइ सहयोग गर्न निर्देशन दिएको जनाएको हो ।

पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता एवं केन्द्रीय प्रचार(प्रसार समिति संयोजक देवराज घिमिरेले छोटो समयका कारण टिकट वितरणमा केही कमजोरी भएको हुनसक्ने भन्दै त्यसलाई स्वीकार गरेर पार्टीको आधिकारिक उमेदवारलाई सघाउन निर्देशन दिइएको जानकारी दिए ।

पार्टीमा देखिएका कमीकमजोरीलाई आगामी दिनमा सुधार गर्ने उनको भनाइ छ । निर्वाचनकेन्द्रित प्रचार(प्रसारका लागि सातै प्रदेश र वडासम्म निर्वाचन परिचालन समिति बनाएर अघि बढ्न आवश्यक निर्देशन दिइसकेको उनको भनाइ छ । प्रवक्ता चालिसेले अगामी पाँच वर्षमा पार्टीको नेतृत्वमा देश निर्माण गर्ने योजनाका साथ घोषणापत्र निर्माण भइरहेको र केहिदिनभित्रै सार्वजनिक हुने बताए ।

कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये १०६ जना नयाँ उमेदवारलाई चुनावी प्रतिस्पर्धामा अघि सारेको उनले बताए । निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता जनाउँदै चालिसेले छुट्टै आन्तरिक आचारसंहिता समेत जारी गरेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>