चितवन विशेष

उद्दार नायक यामबहादुर राना मगर ‘वर्ष जूनियर अधिकृत’बाट सम्मानित

०
Banner

चितवन, माघ ११–

उद्दार नायकको रुपमा चिनिने सशस्त्र प्रहरी सहायक निरीक्षक याम बहादुर राना मगर वर्ष जूनियर अधिकृतबाट सम्मानित हुनु भएको छ ।

काठमाडौंमा आयोजित सशस्त्र प्रहरी बल नेपाल (एपीएफ)को २५औं वार्षिकोत्सव तथा रजन महोत्सवको अवसरमा चितवनको आँपटारीस्थित १७ नम्बर गणमा कार्यरत राना नगद २० हजार रुपैयाँ सहित सम्मानित हुनु भएको हो ।

सशस्त्र प्रहरी सहायक निरीक्षक राना नारायणी, त्रिशुली नदीमा डुबेकाहरुको उद्धारमा खटिदै आउनु भएको छ । समाजमा हुने आगो नियन्त्रण, विपद् व्यवस्थापनमा रानाले अह्म भूमिका निर्वाह गर्दै आउनु भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>