राजनीति
पूर्वप्रधानमन्त्री ओलीले भने- गगन र बालेनसँग ‘प्रधानमन्त्री बहस’ गर्न तयार छु
०

काठमाडौं,माघ १०-
प्रधानमन्त्रीका दाबेदारहरूको सार्वजनिक बहस गर्ने चर्चा चलिरहँदा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू बहसमा तयार भएको बताएका छन् । उनले आफू बहसका लागि तयार रहेको अभिव्यक्ति शनिबार सार्वजनिक गरेका हुन् । ओलीले २०७९ सालमा आफैँले शेरबहादुर देउवासँग बहस गर्न प्रस्ताव गरेका थिए । अहिले सार्वजनिक बहसको चर्चा चलेसँगै ओलीले आफू पनि बहसका लागि तयार भएको बताएका छन् ।
प्रधानमन्त्रीका दाबेदार मानिएकामध्ये ओली र बालेन्द्र शाह (बालेन) एकै क्षेत्रमा संसदीय उम्मेदवार हुन् भने गगन थापा सर्लाही–४ का उम्मेदवार हुन् । गगन थापा र बालेनले भने प्रधानमन्त्रीको सार्वजनिक बहसका विषयमा कुनै प्रतिक्रिया दिइसकेका छैनन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























