राजनीति
काठमाडौं–१० की बस्नेतको उम्मेद्वारी खारेज
०

काठमाडौं, माघ ८-
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर–१० बाट प्रतिस्पर्धामा उत्रिएकी एकजनाको उम्मेद्वारी खारेज गरिएको छ । निर्वाचन अधिकृतको कार्यालयले मितेरी पार्टी नेपालका तर्फबाट उमेदवार बनेकी सुमित्रा बस्नेतको मनोनयनपत्र बदर गरेको हो ।
कर्जा सूचना केन्द्रको कालोसूचीमा उनको नाम देखिएपछि उमेदवारी खारेज गरिएको निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन् । आउँदो फागुन २१ गते हुने निर्वाचनका निम्ति यही माघ ६ गते मनोनयनपत्र दर्ता गरिएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























