राजनीति

मदन भण्डारीको जन्मस्थल ढुंगेसाँघु जाँदै बालेन

Banner

ताप्लेजुङ,माघ ८-

पाथीभरा दर्शनका लागि ताप्लेजुङ आउँदै गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं झापा ५ का उम्मेदवार बालेन्द्र शाह (बालेन) मदन भण्डारीको जन्मस्थल ढुंगेसाँघु जाने भएका छन् । रास्वपा ताप्लेजुङका सभापति वीरेन्द्र श्रेष्ठका उनी ढुंगेसाँघु जाने भएका हुन् । ‘आज या भोलि जाने भन्ने कुरा भइरहेको छ,उनले भने । बालेन आज पाँचथरमा छन् । झापामा उम्मेदवारी दर्ता गराएको पर्सिपल्ट उनी फिदिम आइपुगेका हुन् । ताप्लेजुङमा अवस्थित पाथिभरा देवीको दर्शन गर्न जाने क्रममा बाटोमा पर्ने इलाम फिदिम र ताप्लेजुङका नेता कार्यकर्तालाई भेटघाट गर्ने कार्यक्रम रहेको पाँचथरका सभापति प्रकाश गुरुङले बताए । बालेनले सदरमुकाम फिदिममा पाँचथरका नेता कार्यकर्ता र शुभेच्छुकसँग भेटघाट गरेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले बिहीबारै ढुंगेसाँघु जाने गरी तयारी भइरहेको जानकारी दिए । फुङलिङ प्रवेशद्वार हेलिप्याडमा रास्वपा कार्यकर्ताले बालेनलाई स्वागत गर्ने कार्यक्रम छ । त्यहाँबाट सदरमुकाम फुङलिङ परिक्रमा गर्ने र रास्वपाको पार्टी कार्यालयमा आन्तरिक छलफल गर्ने तयारी छ ।

एमाले नेता मदन भण्डारीको जन्मस्थल मैवाखोला गाउँपालिका १ ढुंगेसाँघुमा छ । यहाँ भण्डारीको घर मर्मतको काम भइरहेको छ । कच्ची बाटो भएकाले सदरमुकाम फुङलिङबाट त्यहाँ पुग्न कम्तीमा डेढ घण्टाको समय लाग्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>