अर्थ

सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ७ सय

Banner

काठमाडौं, माघ ६-

नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड बन्ने क्रम जारी रहेको छ । निरन्तर नयाँ रेकर्ड बनाएको सुनको मूल्यले आज (मंगलबार) पनि नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेको छ । यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँ तोकेको छ ।अघिल्लो दिन २ लाख ८२ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।

त्यस्तै चाँदीको भाउ प्रतितोला ७० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ८१० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ८८० रुपैयाँ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>