देश/प्रदेश
उमेदवारी मनोनयनपत्र दर्ता सुरु
०

काठमाडौँ, माघ ६-
आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति उमेदवारको मनोनयनपत्र दर्ता समय सुरु भएको छ । आज (मंगलबार) १६५ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको उमेदवारी मनोनयन गरिँदै छ ।
निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले उमेदवारी मनोनयनको समय सुरु भएको बताए । “मनोनयनका लागि १० बजेदेखि साँझ ५ बजेसम्मको समय तोकिएको छ । मनोनयन दर्ताको समय सुरु भइसकेको छ,” उनले भने ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























