समाचार

बागमती प्रदेशसभा सदस्य दुलालद्वारा राजीनामा

Banner

बागमती, माघ ५ –

बागमती प्रदेशसभा सदस्य युवराज दुलाल (शरद) ले आज प्रदेशसभा सदस्य पदबाट राजीनामा दिनुभएको छ ।

नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा सदस्य पदका लागि सिन्धुपाल्चौक क्षेत्र नं २ मा प्रत्यक्षतर्फ टिकट दिएपछि दुलालले प्रदेशसभा सदस्यबाट राजीनामा दिनुभएको हो ।

गत २०७९ सालको प्रदेशसभा सदस्यमा सिन्धुपाल्चौक क्षेत्र नं २ (ख) बाट प्रत्यक्ष निर्वाचित हुनुभएको थियो ।

पार्टीले विश्वास र भरोसा गरेर प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फको टिकट दिएपछि प्रदेशसभा सदस्यबाट राजीनामा दिएको दुलालले बताउनुभयो । “प्रदेशसभा सचिवालयमा राजीनामा बुझाएर भर्खरै सिन्धुपाल्चौक आफ्नो क्षेत्र फर्केको छु”, उहाँले भन्नुभयो, “भोलि प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी मनोनयन दर्ता गराउने छु ।”

यता बागमती प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले प्रदेशसभा सदस्य दुलालको राजीनामा पत्र सचिवालयमा आइसकेको र दर्ता गरी स्वीकृत गर्ने प्रक्रिया अघि बढेको बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>